Comments Add Comment

रोकिएको टेलिसिरियल ‘जुठे’ आजदेखि प्रसारण हुने

लोकप्रिय टेलिसिरियल ‘जुठे’ आजदेखि फेरि प्रसारणमा आउने भएको छ । निषेधाज्ञाका कारण छायांकन सम्भव नहुँदा टेलिसिरियलको प्रसारण दुई साता रोकिएको थियो । ‘निषेधाज्ञा खुकुलो भएसँगै छायाँकन गरेर प्रसारणमा ल्याउन लागेका हौं’ टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार मरिचमान श्रेष्ठले भने ।

टेलिसिरियलको छायांकन पोखराको माछापुच्छ्रे गाउँपालिकाको एक गाउँमा हुँदै आएको छ । गाउँमा छायांकन गर्नुपर्ने भएकाले टेलिसिरियलको केही भाग एकैपटक खिच्दै आएको टिमले जनाएको छ । ‘अहिलेपनि छायांकनकै क्रममा छौं । यसपल्ट ६ भाग खिच्दैछौं’ मरिचमानले सुनाए ।

‘जुठे’ हिमालय टेलिभिजनबाट बुधबार बेलुकी ८ बजे प्रसारण हुँदै आएको छ । आज टेलिसिरियलको १४ भाग प्रसारण हुँदैछ । मरिचमान र राजु पौडेलको संयुक्त लेखन एवं निर्देशन रहेको टेलिसिरियलमा यी दुईका साथ रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, युनिशा ढुंगाना लगायतले अभिनय गर्दै आएका छन् ।

मरिचमान सबैको सल्लाह र सुझावलाई मध्यनजर गर्दै ‘जुठे’लाई थप परिस्कृत गर्दै लैजाने बताए । उनी समाज रुपान्तरणमा ‘जुठे’को अहम भूमिका हुने तरिकाले आगामी कथा अगाडि बढईने बताउँछन् । टेलिसिरियललाई राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्दै आएका छन् भने रविन भट्टले सम्पादन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment