Comments Add Comment

१८ गतेको बैठकमा माधव नेपाल पक्ष नआउनु अनुचित हुन्छ : विष्णु पौडेल

१६ असार, काठमाडौं । नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले आगामी केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल पक्ष नआउनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

बालुवाटारमा बुधबार बसेको बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्र्दै एकता पूर्वको केन्द्रीय कमिटी ब्युँताएको छ । त्यसको बैठक शुक्रबार १८ गते बोलाइएको छ । उपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलले यो बैठकमा नेपाल पक्षीय नेताहरु बैठकमा नआउनु अनुचित हुने पनि बताए ।

‘आजका मितिदेखि कारबाहीका प्रसंग सकियो,’ उनले भने, ‘नेकपाभन्दा अगाडिको पदीय हैसियतका साथ बैठकमा सहभागी हुन आव्हान गरिसकेपछि बैठकमा नआउनु सर्वथा अनुचित कुरा हुन्छ । म आशा गर्छु उहाँहरु आउनुहुनेछ ।’

उनले अन्तरविरोधहरुलाई पार्टीको दायरामा फर्काउनुपर्ने र पार्टीभित्रै बसेर समाधान खोज्नुपर्ने बताए ।

आगामी दिनमा पार्टी, पार्टी निर्णयको आधारमा चल्ने सुनिश्चितता गर्नका लागि आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेको पौडेलले बताए । ‘पार्टीलाई एकतावद्ध गरेर लिएर जान सकुँ भन्ने हिसाबले प्रधानमन्त्रीले धेरै ठूलो पीडा सहेर पनि संवाद, सहकार्य र एकताको प्रयास गरिरहनुभएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment