Comments Add Comment

नेपाल विश्वविद्यालयको तयारीमा जुटेकाहरुलाई सरकारी नियुक्ति

१६ असार, काठमाडौं । नवलपरासीमा नेपाल विश्वविद्यालय स्थापनाको तयारीमा जुटेका प्राज्ञिक व्यक्तिहरुले सरकारी नियुक्ति पाएका छन् ।

जेठ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा डा. अर्जुन कार्कीलाई नियुक्त गरेको छ ।

त्यस्तै सदस्यहरुमा डा. अमिना सिंह, डा. असीम ढकाल, प्रा.डा. विपिनचन्द्र अधिकारी, विरेश शाह, डा. दोभान राई, डा. संगीता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ, र श्रवणकुमार राणा नियुक्त भएका छन् ।

अध्यक्ष कार्कीका अनुसार नियुक्त भएका कसैले पनि सरकारी तलव भत्ता लिने छैनन् । ‘हामी सबैले स्वयंसेवी रुपमा काम गर्ने हो’ उनले भने ।

यो समूहले नवपरासीको गैंडाकोटमा नेपाल विश्वविद्यालय स्थापनाको तयारी अघि बढाएका थिए । यो विश्वविद्यालयले हालसम्मका विश्वविद्यालयले गरिआएको काम भन्दा भिन्न, देशको विकास र राष्ट्रिय समस्या समाधानका लागि सभ्य बहस गर्न सक्ने आलोचनात्मक चेतसहितको विज्ञ जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

निजीस्तरबाट विश्वविद्यालय स्थापनाका लागि सामूहिक पहल गरिरहेका प्राज्ञिक व्यक्तिलाई सरकारले नियुक्ति दिएको हो । अध्यक्ष अर्जुन कार्कीले सरकारी नियुक्तिले विश्वविद्यालय स्थापनाको काम अघि बढाउन सहज हुने बताए ।

‘हामीले आफ्नै तरिकाले तयारी अघि बढाइरहेका थियौं । हाम्रो परिकल्पना सरकारले स्वीकार गर्ने वा नगर्ने निश्चित थिएन’ उनले भने, ‘अहिले सरकारले यसमा अपनत्व लिएको छ । यसले हामीलाई काम गर्न सहज हुन्छ ।’

विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिमा प्राज्ञहरु बाहेक स्थानीय, प्रदेश र केन्द्रीय सरकारका प्रतिनिधिसमेत रहेको डा. कार्की बताउँछन् ।

यो पनि पढ्नुहोस प्राज्ञहरुले देखेको विश्वविद्यालय सपना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment