
१७ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बैठक जारी छ ।
अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटी कायम गरेपछि यो समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । अध्यक्ष ओलीले एमालेको केन्द्रीय कमिटी कायम भएकाले भोलिको बैठकमा नेता नेपालसहित सबैलाई बोलाउने तयारी गरेका छन् ।
तर २ जेठ २०७५ अगाडिको कमिटी कायम नभएकाले अध्यक्ष ओलीले बोलाएको बैठकमा जाने वा नजानेबारे छलफल गर्न बैठक बसिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4