+
+
Shares

कांग्रेस शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १७ गते १३:४९

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो दुई बजे बस्ने भनिएको शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न बोलाइएको बैठक अब शुक्रबार बस्ने भएको छ । क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउन पदाधिकारी बैठक बोलाइएको थियो । तर नेताहरुले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित भएको बताइएको छ ।

कांग्रेसले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा एक समिति गठन गरेको छ। देशभरबाट आठ लाख बढि क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएकोमा पाँच हजार भन्दा बढि उजुरी परेका छन् । तर मापदण्ड बनाउन नसक्दा समितिले अधिकांश उजुरीमाथि छानविन गर्न सकेको छैन ।

समितिले पदाधिकारी बैठकबाट क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउन भन्दै यसअघि नै ड्राफ्ट बुझाइसकेको छ । मापदण्ड नबन्दा सदस्यता छानविनको काम अवरुद्ध भएको एक समिति सदस्यले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?