+
+

प्रधानन्यायाधीशको प्रश्न : प्रधानमन्त्रीले अरुलाई सरकार बनाउन दिंदा हुँदैनथ्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १७ गते १६:११

१७ असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत नपाएपछि अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको भनी प्रश्न गरेका छन् ।

संसद् विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्न आएका अधिवक्ता परशुराम कोइरालालाई प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले आफूले विश्वासको मत नपाएपछि आफ्नो दलको समर्थन अरुलाई दिने दायित्व किन निर्वाह नगरेको भनी प्रश्न गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीले भोट अफ कन्फिडेन्ट प्राप्त गर्ने अवस्था छैन भने संविधान जिउँदो राख्न अरुलाई समर्थन गर्ने उहाँको दायित्व होइन ?,’ उनले प्रश्न गरे ।

प्रधानन्यायाधीश जबराले अघि भने, ‘पार्टीको नेताको हैसियतले उहाँले आफ्नो (नेतृत्वमा) मात्र बनाउनुपर्थ्यो र १२१ को समर्थन अरुलाई दिएको भए सरकार बनाउँथ्यो होला, त्यो दायित्वबाट प्रधानमन्त्री किन विमुख हुनुभयो ? ‘

अदालतले संसद विघटन ठीक भएन भनी आदेश दिइसकेपछि प्रधानमन्त्री किन त्यही बाटोतिर गएको भनी जबराले प्रश्न गरे । अधिवक्ता कोइरालाले जो निर्वाचित हो उसैले त्याग गर्नुपर्छ भन्ने विषयमा जवाफ आफूसँग नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?