Comments Add Comment

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

१८ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा हालसम्म ४ लाख ३१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ८५३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ४ लाख ५८ हजार नाघेको छ । गत २४ घण्टामा भारतको केरलामा १२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने महाराष्ट्रमा ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो केही समययता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या स्थिरजस्तै देखिएको छ । यद्यपि कोरोनाका सक्रिय संक्रमितको संख्या भने ५ लाख ९ हजारमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment