+
+
Shares

मेलिना र आरसीको स्वरमा ‘ठूल्दाइको फूलमाला’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १५:०१

मेलिना राई र आरसी रिमालको स्वरमा ‘ठूल्दाइको फूलमाला’बोलको गीत सार्वजनिक भएको छ । दिपक सिलवालको शब्द एवं संगीत रहेको गीतको एरेन्ज सहस शाक्यले गरेका छन् ।

शुक्रबार गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। सो भिडियोमा डान्स ग्रुप ‘द कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ । साथमा शिशिर भण्डारी, रीता कट्टेल र बाल कलाकार किञ्जल रसाईलीलाई भिडियोमा हेर्न सकिन्छ ।

रोमान्टिक गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?