Comments Add Comment

चीनको परमाणु हतियारबारे अमेरिकाको चिन्ता

१८ असार, काठमाडौं । अमेरिकाले चीनले तीव्र गतिमा परमाणु हतियारको क्षमता विस्तार गरिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले हतियारको दौडमको कारण अस्थिरता पैदा हुने जोखिम बढ्ने बताएका हुन् । उनले यस किसिमको जोखिम न्यूनीकरणको लागि चीन पनि वार्तामा सामेल हुनुपर्ने बताएका छन् ।

प्राइसले चीनले पुरानो परमाणु रणनीतिलाई अघि बढाइरहेको आरोप लगाएका हुन् । चीनले गतिरोध सकेसम्म कम होस् भन्ने विषयमा चीनले प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

हालैमात्र अमेरिकाकी समाचारपत्र वासिङटन पोस्टमा प्रकाशित एक रिपोर्टमा चीनले उत्तर-पश्चिमी सहर युमेनमा परमाणु मिसाइल राखेको उल्लेख थियो । उक्त रिपोर्टमा मिसाइल भण्डारणको लागि चीनले एक सयभन्दा धेरै गोदाम बनाइरहेको आरोप लगाइएको थियो ।

पत्रिकाका अनुसार यो समाचार क्यालिफोर्नियास्थित ग्रुप द जेम्स मार्टिन सेन्टर फर नन प्रोलिफरेसन स्टडिजको एक अध्ययनमा आधारित थियो ।

यो रिपोर्टको विषयमा बोल्दै प्राइसले भने, ‘यो रिपोर्ट र यस किसिमको घटनाक्रमले के संकेत गर्छ भने चीनको परमाणु हतियार यसअघि सोचिएको भन्दा धेरै तीव्र गतिमा बढ्नेछ । यो चिन्ताको विषय हो । यसले चीनको मनसायमाथि पनि प्रश्न उठाउँछ ।’

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment