Comments Add Comment

गोरखामा पनि सार्वजनिक यातायात चल्‍ने, लामो दूरीका सवारीमा भने रोक

असार २९ गतेसम्म निषेधाज्ञा थप

१८ असार, गोरखा । गोरखामा सार्वजनिक यातायात सञ्‍चालन हुने भएका छन् । शुक्रवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जिल्ला भित्र मात्र सञ्‍चालन हुन पाउने गरी निजी तथा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको हो । यो निर्णय असार २० गतेबाट लागू हनेछ ।

सवारी चालक, सहचालक र यात्रु सबैले अनिवार्य रुपमा मास्क, पञ्जा र फेस शिल्ड प्रयोग गर्नुपर्ने समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

दैनिक रुपमा सवारी निसंक्रमित गराउनुपर्ने र त्यसको अनुगमन सम्बन्धित यातायात व्यवसायी संस्थाले गर्नुपर्ने उनले जानकारी दिए । लामो दूरीका सवारी साधन भने अर्को निर्णय नभएसम्मका लागि सञ्‍चालनमा रोक लगाइएको छ ।

दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, वर्कशप, निर्माण सामग्री पसल लगायतका पसलहरु बिहान ५ देखि ११ बजेसम्म मात्र खुल्न पाउने छन् । स्टेशनरी, फर्निचर, फेन्सी, सुनचाँदी लगायतका अन्य पसलहरु बिहान १० देखि दिउँसो २ बजेसम्म खुल्ने प्रजिअ पौडेलले बताए ।

समितिको बैठकले असार २९ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय समेत गरेको छ । यसअघि जारी गरिएको निषेधाज्ञा असार १९ गते सकिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment