+
+
Shares

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते २१:४९

१८ असार, काठमाडौं । पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

भरतपुरमहानगरपालिका-२९ सेती दोभानमा पहिरो गएपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।

उनले अनलाइनखबरसँग भने, ‘यसअघि जलवीरेको पहिरो हटाएर आउने क्रममा सेती दोभानमा पुन: पहिरो गएको हो। यसले दुवैतिरको सडक अरुवद्ध भएको छ।’

पहिरो पन्छाउन गएका दुईजना प्रहरी पनि थुनिएको एसपी अधिकारीले बताए । साथै पहिरोमा फसेकाहरुलाई प्रहरीले सुरक्षा व्‍यवस्था मिलाइएको छ ।

यसअघि इच्छाकामना गाउँपालिका-६मा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबार दिनभरी नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो आउने जाने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?