Comments Add Comment

सिभिल बैंकका सिईओ सुनिलकुमार पोखरेलले गरे पदभार ग्रहण

बैंकिङ क्षेत्रमा ३ दशकको अनुभव

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुनिल कुमार पोखरेलले पदभार ग्रहण गरेका छन् । शुक्रबारदेखि लागु हुने गरी आगामी ४ बर्षका लागि उनले बैंकको सिईओको रुपमा पदभार ग्रहण गरेका हुन् ।

बैंकको गत जेठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले उनलाई सिईओमा नियुक्त गरेको थियो । उनी २०७८ बैशाख १८ गते देखि कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए भने विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध थिए ।

उनीसँग नेपालका विभिन्न बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एन.आइ.सी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंक)मा २४ को वर्षको अनुभव र नेपाल बाहिर विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष)मा ६ वर्ष समेत गरी कुल तीन दशक लामो बैकिंग अनुभव रहेको छ ।

उनले आज पदभार ग्रहण गर्दै डिजिटलाइजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुने बताए । यस्तै उनले ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गर्नेसमेत उल्लेख गरेका छन् । उनले सेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने समेत जानकारी दिएका छन् ।

नव नियूक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पु¥याउने कुरामा आफू विश्वस्त रहेको कुरा सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले बताए । उनले बैंकले चालु आवमा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढ्नेमा विश्वस्त रहेकोसमेत जानकारी दिए ।

सिभिल बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म ८८.९४ अर्व रुपैयाँको निक्षेप र ८३.६० अर्वको कर्जा विस्तार गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment