Comments Add Comment

कोभिड उपचारका लागि सहयोग गर्न २७ देशका जनसम्पर्क समितिबाट उठ्यो १ करोड ३२ लाख

१९ असार, काठमाडौं । विश्वका विभिन्न मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिहरुले कोरोना रोकथाम एवं उपचारका लागि एक करोड ३२ लाख रुपैयाँ संकलन गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २ गते दिएको निर्देशन बमोजिम २७ देशमा रहेका जनसम्पर्क समितिहरूले सो रकम उठाएको नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले जानकारी दिए ।

नेपाली काँग्रेसले गठन गरेको कोभिड(१९ अनुगमन समितिका संयोजक डा प्रकाश शरण महतले गत जेठ १ गते जनसम्पर्क समन्वय समिति, सबै मुलुकका जनसम्पर्क समितिका अध्यक्षहरु र एनआरएनमा आबद्ध काँग्रेस निकटहरुसँग छलफल गरेका थिए । बैठकले संकलित रकमको समन्वय र संयोजन गर्ने जिम्मा आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका विष्टलाई दिएको थियो । बैठकमा केन्द्रीय सदस्य एन पी साउद र जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईसमेत सहभागी थिए ।

संकलित रकममध्ये सबैभन्दा धेरै जनसम्पर्क समिति अमेरिकाले ४८ लाख र सबैभन्दा कम नेपाली जनसम्पर्क समिति माल्टा र न्युजिल्याण्डले क्रमशः ५०र५० हजार रुपैयाँ संकलन भएको छ । नेपाली जनसम्पर्क समिति साइप्रसकी अध्यक्ष सीता अर्यालले अभियानको क्रममा उठेको १ करोड ३२ लाख ३४ हजार ७८३ रुपैयाँ पार्टीको बैंक खातामा जम्मा गरिसकिएको जानकारी दिइन् ।

कोभिड रोकथाम एवं उपचारको लागि जनसम्पर्क समितिबाट काँग्रेसको खातामा संकलन भएको रकम निम्नानुसार छ:

१. नेपाली जनसम्पर्क समिति,अमेरिका : रु. ४८,००,०००.००

२. नेपाली जनसम्पर्क समिति,जापान : रु. ११,६७,५०९.००

३. नेपाली जनसम्पर्क समिति,जर्मनी: रु. ८,०८,२१२.००

४. नेपाली जनसम्पर्क समिति,बेल्जियम: रु. ७,७५,०००.००

५. नेपाली जनसम्पर्क समिति,बेलायत: रु. ६,५५,०००.००

६. नेपाली जनसम्पर्क समिति, साइप्रस: रु. ५,४१,६६८.००

७. नेपाली जनसम्पर्क समिति,पोर्चुगल: रु. ४,५३,५३४.००

८. नेपाली जनसम्पर्क समिति,कोरिया: रु. ४,३९,६५५.००

९. नेपाली जनसम्पर्क समिति, हङकङग: रु. ४,२२,६२३.००

१०. नेपाली जनसम्पर्क समिति, कतार: रु. ३,५०,०००.००

११. नेपाली जनसम्पर्क समिति,युएइ: रु. ३,५०,०००.००

१२. नेपाली जनसम्पर्क समिति,डेनमार्क: रु. ३,२७,२२७.५५

१३. नेपाली जनसम्पर्क समिति, स्पेन: रु. २,६२,०३२.००

१४. नेपाली जनसम्पर्क समिति,अष्ट्रेलिया: रु. २,३२,३२३.००

१५. नेपाली जनसम्पर्क समिति,नर्वे: रु. २,१५,०००.००

१६. नेपाली जनसम्पर्क समिति,आयरल्याण्ड: रु. २,००,०००.००

१७. नेपाली जनसम्पर्क समिति,क्यानडा: रु. २,००,०००.००

१८. नेपाली जनसम्पर्क समिति,साउदी अरब: रु. २,००,०००.००

१९. नेपाली जनसम्पर्क समिति,कुबेत: रु. १,५०,०००.००

२०. नेपाली जनसम्पर्क समिति,बहराइन: रु. १,१५,०००.००

२१. नेपाली जनसम्पर्क समिति,इजरायल: रु. १,००,०००.००

२२. नेपाली जनसम्पर्क समिति,मलेशिया: रु. १,००,०००.००

२३. नेपाली जनसम्पर्क समिति,फ्रान्स: रु. १,००,०००.००

२४. नेपाली जनसम्पर्क समिति,ओमन: रु. १,००,०००.००

२५. नेपाली जनसम्पर्क समिति,स्वीट्जरल्याण्ड रु. १,००,०००.००

२६. नेपाली जनसम्पर्क समिति,न्यूजिल्याण्ड: रु. ५०,०००.००

२७. नेपाली जनसम्पर्क समिति,माल्टा: रु. ५०,०००.००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment