+
+
Shares

जंगली हात्ती बस्ती पसेपछि रौतहटमा त्रास

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७८ असार १९ गते ११:२१
फाइल तस्वीर

१९ असार, रौतहट । जंगली हात्ती रौतहटका बस्तीमा पसेपछि स्थानीयवासी त्रसित भएका छन् ।

गएराति देवाही गोनाही नगरपालिकाको उत्तरी क्षेत्र हुँदै बस्तीमा पसेको एक जंगली हात्ती शिवनगर हुँदै रौतहटको माधवनारायण नगरपालिकाको वडा नं. ५ मिठुअवामा आइपुगेको छ ।

सो हात्तीले शिवनगरको एक घरमा क्षति पुर्याएको छ भने मिठुअवामा किसानको भकारी फुटाएर धान खाएको छ । अहिले सो हात्ती मिठुअवाको झाँझ पुल नजिकैको आप बगैंचामा रहेको छ ।

गाउँबस्तीमा जंगली हात्ती हिंडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हात्ती नियन्त्रणमा लिन वन कार्यालय, नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई भनिएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताए । वन कार्यालय र निकुञ्जको टोली रौतहट आउने क्रममा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?