
१९ असार, सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्ने वीरेन्द्रनगर नगरपालिका–११, गाग्रेतालका २८ वर्षीय नवीन तिवारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । विशेष सूचनाको आधारमा प्रहरीले गाग्रेतालबाटै उनलाई नियन्त्रणमा लिएको हो ।
ती व्यक्तिको शरीर र घर कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ६ पुडिया लागू औषध ब्राउन सुगर फेला परेको डीएसपी घर्तीले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4