+
+
Shares

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते ७:२७
नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो । फाइल फोटो

२० असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे खसेको पहिरोले सडक अवरुद्ध भएको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।

शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएसँगै खुलेको थियो । बिहीबारदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?