Comments Add Comment

मेस्सी चम्कँदा अर्जेन्टिना सेमिफाइनलमा

२० असार, काठमाडौं ।कप्तान लिओनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनल अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हरायो ।

पेड्रो लुडिभिको स्टेडियममा भएको खेलमा मेस्सीले एक गोल गरे भने दुई गोलका लागि सहयोग गरे ।

खेलको ४०औं मिनटमा मेस्सीको पासमा रोड्रिगो डे पउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको अर्जेन्टिनाले अन्तिम ६ मिनेटमा दुई गोल थप्यो । ८४औं मिनेटमा मेस्सीकै पासमा लाउटारो मार्टिनजेले गोल गर्दै अग्रता दोब्बर पारे ।

यस्तै इन्जुरी टाइमको तेस्रो मिनेटमा मेस्सीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे । यस संस्करण मेस्सीको यो चौथो गोल हो । उनी सर्वाधिक गोल गर्नेमा सबैभन्दा अघि छन् ।

इन्जुरी टाइमको दोस्रो मिनेटमा इक्वेडरका पिएरे हिनकापीले रातो कार्ड पाएका थिए।

अर्जेन्टिनाले अब सेमिफाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । कोलम्बयाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment