 
																			२० असार, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।
टोखा नगरपालिका–९ दिपज्योतिमा बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ०३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिंदा मोटरसाइकल चालक नुवाकोट बेलकोट नगरपालिका–६ घर भई टोखा–९ बानियाटार डेरा गरी बस्ने २६ वर्षीय सन्तोष अधिकारी र मोटरसाइकलमा सवार २२ वर्षीय दीपेश थापाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय सागर खतिवडाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4