
१९ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नचाहेको बताएका छन् ।
पौडेलसँगै सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेलले आइतबार विहान नेता नेपाललाई भेटेर संयुक्त वक्तव्य दिने प्रस्ताव राखेका थिए । त्यसमा सकारात्मक देखिएका नेता नेपालले कार्यदलले मस्यौदा तयार पारोस् भनेका थिए । तर ओली पक्षका नेताहरुले कार्यदल नै निस्क्रिय रहेको बताएका छन् ।
उपप्रधानमन्त्री समेत रहेका पौडेलले भने आफूहरुले नेता नेपाललाई प्राधनमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग भेट्न आग्रह गरेको बताए । राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, उहाँले प्रधानमन्त्रीसँग भेट्न अरुची प्रकट गर्नुभयो । ठिकै छ, छलफल गर्दे जाऊँ भनेर हामी उठ्यौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4