+
+

५० हजारसहित चन्द्रागिरीबाट ६ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते १८:११

२० असार, काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका -३ बाट ५० हजार ७० रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

चन्द्रागिरी-३ आलय निगमस्थित घरमा जुवा खेल्दै गरेको अवस्थामा आइतबार  दिँउसो ४: ३० बजे प्रहरीले नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा अर्जुधारा न.पा १ घर भई चन्द्रागिरि नगरपालिका-३ आयल निगम बस्दै आएका किरण चापागाई, गोरखा नगरपालिका -१३ घर हुने वर्ष ४१ वर्षीय शेरबहादुर राई, मकवानपुर थाहा नगरपालिका ११का ३३ वर्षीय पंचनारायण तामाङ , मकवानपुर थाहा नगरपालिका -५ का ३२ वर्षीय ज्ञान बहादुर गोले, मकवानपुर थाहा नगरपालिका – ५ का ३३ वर्षीय भरत थोकर ,चन्द्रागिरि नगरपालिका १ का ३६ वर्षीय किशोर बखती रहेका छन् ।

उनीहरुको साथबाट ४६ ७९० र जुवा तास खेलिहरेको खाल बाट रु ३२८० गरी ५०  हजार रुपैयाँसहित प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?