+
+
Shares

यूनाइटेड सिमेन्ट्सले प्राप्त गर्‍यो ५३ ग्रेड गुणस्तरको प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २१ गते ६:५१

यूनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित यूनाइटेड सिमेन्ट्सले ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ ।

५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो। यो दर्जा प्राप्त गरेसँगै यूनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठूलो फड्को मारेको छ ।

५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिन्छ । नेपालमा मात्र नभइ विदेशका ठूला-ठूला संरचनाहरुमा पनि ५३ ग्रेड सिमेन्टको प्रयोग हुँदै आएको छ ।

गगनचुम्बी महलदेखि, हाइड्रो पावर ड्याम, टनेल, ठूला पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा समेत यो सिमेन्टको प्रयोग गर्न सकिन्छ ।

यूनाइटेड सिम्न्टस् प्रालिले विगत ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ । ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेसँगै आफ्ना ग्राहकहरुको गुणस्तरप्रतिको विश्वास अझ मजबुद भएको बताएको छ ।

यूनाइटेड सिमेन्ट्स ललितपुरको लेलेमास्थित आफ्नै खानीको चुन ढुंगाको प्रयोगबाट उत्पादन हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?