
२१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेत्री पम्फा भुसाललाई मातृ शोक परेको छ ।
नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा आज बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
इन्द्रकलाको शव श्रद्धाञ्जलीका लागि घरमै राखिएको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु श्रद्धाञ्जलीका लागि निवासमा पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4