Comments Add Comment

शक्तिशाली स्मार्टफोन ल्याउँदै चिनियाँ कम्पनी, २० जिबी र्‍याम, १ टिबी स्टोरेज

जेडटिइले यस वर्षको सुरुवातमा Axon 30 सिरिज फोन सार्वजनिक गरेको थियो ।

काठमाडौं । चिनियाँ प्रिमियम स्मार्टफोन ब्राण्ड ZTE ले मोबाइल फोनको बजारमा तहल्का मच्चाउनेवाला छ । हालै ZTE Axon 30 सिरिजका प्रिमियम स्मार्टफोन ZTE Axon 30 Ultra 5G  र ZTE Axon 30 Pro 5G लञ्च गरेको जेडटिइले हालसम्मकै शक्तिशाली स्मार्टफोन ल्याउने भएको छ ।

जेडटिईको उक्त नयाँ स्मार्टफोनमा २० जिबीको र्‍याम हुनेछ । बजारमा अहिलेसम्म आएका कुनैपनि स्मार्टफोनमा यतिधेरै क्षमताको र्‍याम उपलब्ध छैन । हालसम्म लेनेभो जस्ता केही कम्पनीले मात्रै १८ गिगाबाइटको र्‍याम भएका सीमित स्मार्टफोन लञ्च गरेका छन् ।

कतिपय प्रिमियम स्मार्टफोनहरुमा १२ जिबीसम्मको र्‍याम उपलब्ध छ । तर जेडटिईको उक्त फोनमा २० गिगाबाइटको र्‍याम मात्रै होइन १ टेराबाइटको इन्टर्नल स्टोरेज हुनेछ ।
जेडटिईका एकजना निर्देशक लु क्विआन हाओले निकट भविष्यमै उक्त शक्तिशाली फोन सार्वजनिक गरिने बताएका छन् ।

चिनियाँ माइक्रोब्लगिङ साइट विबोमा यस फोनको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक भएका छन् । जस अनुसार उक्त फोनमा अन्डर डिस्प्ले क्यामरा लगायतका नेक्स्ट जेनेरेसन फिचर पनि रहन सक्ने उल्लेख गरिएको छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment