Comments Add Comment

हसिना दिलरुबाः प्रेम, धोका र हत्या

निर्देशकः विनिल मैथ्यु

कथा, पटकथा, संवादः कनिका ढिल्लों

कलाकारः तापसी पन्नु, विक्रान्त मैसी, हर्षवर्धन राणे, आदित्य श्रीवास्तव

प्लेटफर्म नेटफि्लक्स

प्रेम, पागलपन, अपेक्षा र हठको यो कथा निकै चाखलाग्दो ढंगले शुरु हुन्छ । रोमान्स र रहस्यले भरपूर छ, यसको कथा । निर्देशक विनिल मैथ्यूले हसिना दिरुबाको कथालाई एकदमै नापतौल गरेर पेश गरेका छन्, जसको हरेक दृश्यले कुनै न कुनै रहस्यको पर्दा उठाइदिन्छ । तापसी पन्नू, विक्रान्त मैसी र हर्षबर्धन राणाको हसिन दिलरुबा कस्तो छ त ?

रानी कश्यप (तापसी पन्नु)लाई साहित्यमा लगाव छ र उनी उपन्यासकार दिनेश पण्डितका फ्यान हुन् । यसो भन्न गलत नहोला, फिल्ममा दिनेश पण्डित पनि एक अदृश्य भूमिकामा छन्, जसको प्रभाव रानी र रिशु (विक्रान्त मैसी)को जिन्दगीमा देखिन्छ ।

रानी कश्यप भन्छिन्, ‘बेस्ट क्राइम उपन्यासकार दिनेश पण्डित सानो सानो शहरमा ठूला-ठूला हत्या गराइदिन्छन् ।

कथा

यसको कथा यसरी सुरु हुन्छ ।

रानी कश्यपलाई हेर्नका लागि हुनेवाला दुलाहा अर्थात रिशु सक्सेना आउँछन् । पहिलो भेटमै रिशूसँग रानीको प्रेम हुन्छ । रानी उनैसँग प्रेम र रोमान्सको सपना देख्न थाल्छिन् । रानी बस्छिन् दिल्लीमा, रिशु हरिदारको ज्वलापुरमा । रिशु एकदम सोझो छन्, गौप्राणी । तर, रानी ठीक विपरित । उनी निकै चल्तापूर्जा महिला हुन् ।

सुरुमा त रिशुकै आमाले विवाहका लागि मरिहत्ते गर्छन् । तर, पछि छोराले रानीसँग विवाह गरेमा आत्महत्या गर्नेसम्मको धम्की दिन्छन् । यतिबेलासम्म युवा र युवती दुबै राजी भइसकेका छन् । विवाह हुन्छ । आधुनिक श्रीमती रानी आफ्ना पतीबाट प्रेम र रोमान्सको अपेक्षा गर्छिन् । तर, विचरा रिशु रानीको सामुन्ने केही गर्न सक्दैनन् । ऊ रानीको अगाडि त्यसै त्यसै गल्छन् ।

रानीले रिशुलाई पगाल्न अनेक प्रयास गर्छिन् । रिशु पनि आफ्नो पुरुषार्थ देखाउनका लागि अनेक यत्न गर्छन् । तर, रानीलाई केवल निराशा हात लाग्छ ।

एकदिन रिशुको घरमा उसका नाताले भाई नील -हर्षवर्धन राणे)आउँछन् । अग्ला कदका, व्यायाम गर्ने, स्मार्ट र गुड लुकिङ नीललाई देखेपछि रानीको दिल उतै मोडिन्छ । नीलले पनि भाउजुको मनोभाव बुझ्छन् । दुबैले आफ्नो जवानीको आनन्द लिन्छन् ।

सबैकुरा भइसकेपछि नील त्यहाँबाट हिँड्छन्, रानीलाई केही नबताई । रानीलाई दुःख लाग्छ र रिशुलाई उनले सबै पोल खोलिदिन्छन् । रिशुलाई ठूलो धक्का लाग्छ । रानी आफ्नो गल्तीबाट पछुताउँछिन् । यता रिशुलाई थामिनसक्नुको रिस उठ्छ । रानीले अनेक माफ माग्छिन् । क्रमस यो कुरा सेलाउँछ । सबैकुरा ठीक हुँदै जान्छ ।

रानी र रिशुको वैवाहिक जीवनमा फेरी एक दिन निल युर्टन बनेर र्फकन्छन् । फेरी घरमा धमाका हुन्छ । त्यहाँ रिशुको काटिएको हात भेटिन्छ, जसमा उनले रानीको नाम खोपेका थिए । प्रहरीलाई लाग्छ, रानीले नै आफ्ना प्रेमीसँग मिलेर पतीको हत्या गरे । जबकी रानीमाथि लागेको आरोप झुटो सावित हुन्छ । त्यसो भए रिशुको हत्या कसरी भयो ?

अभिनय

तापसी पन्नु जो फिल्मको मूख्य पात्र हुन् । उनको अभिनय तारिफयोग्य छ । कहिले आधुनिक र बोल्ड देखिने रानी कहिले दुःखी देखिनुपर्छ । त्यसैगरी विक्रान्त मेसीले फेरीपनि आफुलाई अब्बल सावित गरिदिएका छन् । एक सोझासाझा मान्छे पागलपनको हदसम्म पुग्छ । यी दुबै किसिमको चरित्रमा उनी स्वभाविक र जोडदार छन् । हर्षवर्धन राणेले पनि स्वभाविक अभिनय गरेका छन् । अब कुरा गरौं, सिआइडीका अभिजित अर्थात अभिनेता आदित्या श्रीवास्तव, जसले फिल्ममा इन्स्पेक्टर किशोर रावतको भूमिका गरेका छन् । उनको अभिनयले फिल्मलाई अरु जोडदार र विश्वसनीय बनाएको छ । समग्रमा सबै कलाकारको जोडबलले यो फिल्मलाई उचाई दिएका छन् ।

पार्श्व ध्वनि

मर्डर मिस्ट्री हसिना दिरुबाको हरेक सिनको पछाडि एक पाश्र्व ध्वनी बजिरहन्छ । कहिले रहस्यमयी त कहिले उदासी, कहिले रोमान्टिक त कहिले दुःखी । फिल्मको सबै कोणमा ब्याकग्राउन्ड स्कोर गजब छ ।

निर्देशन

रानी, रिशु र नीलको त्रिकोणिय प्रेम कथासँगै लेखक निर्देशकले संवादको माध्यामबाट फेमिनिज्म जस्तो मुद्दा पनि छुवाएको छ, जो त्यती स्वभाविक भने लाग्दैन । फिल्मको प्लट अर्थात पटकथा एकदमै रोचक छ । तर, निर्देशकले मर्डरस मिस्ट्रीलाई रोमान्चक बनाउन चुकेका छन् । सुरुवातदेखि अन्त्यसम्म केही यस्ता दृश्य छन्, जसले कथालाई गति दिन्छ, केही ट्वीस्ट दिन्छ तर उति प्रभावकारी लाग्दैन । लगभग सवा दुई घण्टाको फिल्म क्लाइमेक्ससम्म पुग्दा निकै कमजोर लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment