Comments Add Comment

खुला विश्वविद्यालयका शिक्षक-कर्मचारी आन्दोलित

२१ असार, काठमाडौं । नेपाल खुला विश्‍वविद्यालयका शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । स्थायी पदपूर्तिका लागि शुरू भएको प्रक्रिया अवरुद्ध भएपछि सम्पूर्ण शैक्षिक, प्रशासनिक तथा प्राविधिक काम रोकेर शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

विश्‍वविद्यालय सेवा आयोगले १५ असारमा खुला तथा आन्तरिक प्रतिस्पर्धामार्फत शिक्षक तथा कर्मचारी पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको थियो । तर यो प्रक्रिया स्थगित भएको छ ।

विज्ञापनलाई रोक्ने मनसायले निमित्त उपकुलपति प्रा. डा. इन्द्रबहादुर कार्कीले विश्‍वविद्यालयको वेवसाइटमा सूचना प्रकाशन गर्ने अधिकार आफूमा केन्द्रित गरेको र उनकै तत्परतामा कुलपतिले विज्ञापन स्थगन गर्न ठाडो आदेश दिएको आन्दोलनरत पक्षको दाबी छ ।

विश्‍वविद्यालय सिनेट सभाको निर्णय विपरीत कुलपतिको उक्त कार्य नेपाल खुला विश्‍वविद्यालय ऐन विपरीत हुनुका साथै विश्‍वविद्यालय स्वयत्ततासम्बन्धी मान्यता र परम्पराको ठाडो उल्लङ्‍घन हो, उनीहरूको विज्ञप्तिमार्फत भनेका छन् ।

समस्याको समधानका निमित्त उपकुलपतिसँग तीन पटकसम्म वार्ता हुँदासम्म समस्या समाधान नभएकाले आन्दोलन गर्नु परेको उनीहरूले बताउका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment