
२२ असार, काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिने भएको छ ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको थियो । मन्त्रालयका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकको संख्या तीन लाख ७० हजार छन् ।
भेरोसेलको पहिलो मात्रा लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत यसपटक दोस्रो मात्रा दिइने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4