Comments Add Comment

बाजुरामा हेलिकप्टरबाट गर्भवतीको उद्धार

२२ असार, मार्तडी । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाकी एक गर्भवतीको स्वास्थ्यचौकीमा सुत्केरी हुन नसक्दा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

गाउँपालिका-३ गोत्रीकी १८ वर्षीया कमला विष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत कोल्टीमा उद्धार गरेर नेपालगञ्ज लगेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीका अनुसार गर्भवती विष्टका पेटमा शिशु उल्टो भएकाले जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले हेलिकप्टरमार्फत उद्धार गरी कोहलपुर मेडिकल कलेजमा लगिएको हो ।

कम उमेरमै विवाह गरेका कारण शिशु पाउन नसक्दा र पेटमा उल्टो भएका कारण कोल्टीमा सुत्केरी गराउन नसकी बाहिर पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment