+
+

प्रचण्डले भने : संसद पुनर्स्थापना हुन्छ, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १२:५५

२२ असार, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम आएका प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वाेच्च अदालतबाट परमादेश जारी हुने विश्वास व्यक्त गरे । ‘देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ । अनि संसद पनि पुनर्स्थापना हुन्छ’ उनले भने ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ ।

प्रतिनिधि सभा पुनर्स्थापना हुने र संविधानको मर्म, भावना तथा लोकतान्त्रिक मूल्य मान्यता कायम रहने उनले बताए । ‘संसद पुनर्स्थापना नभए संविधान तथा लोकतन्त्र मिचेपनि हुन्छ भन्ने नजीर स्थापित हुन्छ’ प्रचण्डले संचारकर्मीसँग भने, ‘त्यस्तो कल्पनासम्म गर्न सक्दिनँ ।’

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतलाई दवाब दिन खोजेको आरोप समेत लगाए । अदालतलाई दवाव दिएर ओली थप निरंकुश बन्न खोजेको उनले आरोप लगाए ।

धनुषाको शहीदनगर नगरपालिका–१ बालाबाखरका नेता महादेव यादव लामो समयदेखि क्यान्सरबाट पीडित थिए । उनी जनयुद्धको बेलादेखि नै माओवादीमा सक्रिय रुपमा लागेका थिए । प्रचण्डले यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?