Comments Add Comment

सुदूरपश्चिममा निषेधाज्ञा अवधिभर सवारीसाधनको करमा जरिवाना नलाग्ने

२२ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा अवधिभर सवारीसाधनको करमा थप जरिवाना नलाग्ने भएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले निषेधाज्ञा अवधिलाई शून्य समय मानेर सवारी दर्ता, सवारी चालक अनुमती पत्र तथा जाँचपास लगायत यातायात कार्यालयबाट दर्ता तथा नवीकरण गरिने कागजातको अवधी समाप्त भएपनि निषेधाज्ञा अवधिमा थप जरिवाना नलगाउने निर्णय गरेको हो ।

आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले निषेधाज्ञाको अवधीमा कर, दस्तुर तथा शुल्क बुझाउन नपाउने सेवाग्राहीको हकमा जरिवाना छुट गर्ने निर्णय भएकाले सोहीअनुसार कार्यान्वयन गर्न यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए ।

अधिकारीकाअनुसार निजी तथा सार्वजनिक सवारी पूर्ण रुपमा खुलेको मितिले १५ दिनभित्र बुझाउनुपर्ने कर, शुल्क, दस्तुर लगायत कागजात तथा प्रमाणपत्र बुझाएमा जरिवाना लाग्ने छैन । असार मसान्तपछि समेत निषेधाज्ञा कायमै रहेको खण्डमा सो विषयमा पछि नै थप निर्णय गरिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment