+
+
Shares

सामाजिक सुरक्षा कोषविरूद्ध कावासोतीमा बैंकहरूको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १९:५२

सामाजिक सुरक्षा कोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरुप्रति असहमति तथा विरोध जनाउँदै कावासोतीस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् ।
बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नसक्ने विविध बुँदासहितको ब्यानर प्रदर्शन गरि संयुक्त रुपमा विरोध गरेका हुन् ।

उक्त कार्यक्रममा कावासोती बैंकर्स एसोसिएसनका अध्यक्ष कुमार बास्तोलाले सरकारले जवर्जस्ती लागु गर्नलागेको सामाजिक सुरक्षा कोष कार्यक्रमले बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु असुरक्षित हुने भएकाले यस कोषको विरोधमा उत्रिएको बताए ।

सामाजिक सुरक्षा कोष ऐन तथा यसका कार्यविधिका बुँदाहरुनै नै एक आपसमा बाभझिएकाले कर्मचारीले दुःखले जम्मा गरेको आर्जन भोलीका दिनमा असुरक्षित हुने देखिएकोले यो विरोध गर्नुपरेकोउनले बताए ।

विरोध कार्यक्रममा कावासोतीस्थित बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुको प्रभावकारी उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?