
२२ असार, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कहिले पनि संसारमा आधिपत्य, प्रभाव क्षेत्र र विस्तार नखोज्ने बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको राजनीतिक दलहरुको विश्व सम्मेलनलाई सम्बोधन गर्दै सीले चीन जहिले पनि विकासोन्मुख संसारको एउटा सदस्यको रुपमा रहने बताए ।
उनले सबै मानव समुदायको हित सुनिश्चित गर्ने बाटोमा कुनै पनि मुलुक पछाडि पर्न नहुने उल्लेख गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी ओलीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।
सीको सम्बोधनपछि कार्यक्रममा अहिले विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4