
२३ असार, काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई २६ सय किलो आँप उपहार दिएकी छिन् ।
बंगलादेशका स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बंगलादेशको रंगपुर जिल्लामा उत्पादन गरिएको हरिभङ्गा आँप मोदी र बनर्जीलाई उपहारस्वरुप पठाइएको हो ।
यी आँप स्थल सीमामार्फत् भारत पठाइएको हो । गत मार्च महिनामा भारतले कोरोना खोप निर्यातमा रोक लगाएसँगै उसको बंगलादेशसँगको सम्बन्ध चिसिएको थियो । यस्तोमा बंगलादेशकी प्रधानमन्त्रीले आँप उपहार पठाएकी हुन् ।
हसिनाले तीन सय किलो सोही प्रजातिको आँप त्रिपुराका मुख्यमन्त्री विप्लव कुमार देवलाई पनि पठाएकी छिन् । उनले भारतका राष्ट्रपति रामनाथ कोभिन्दलाई पनि आँप उपहार पठाएको हुन सक्ने समाचारमा उल्लेख छ ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4