+
+
Shares

बैतडीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

रासस रासस
२०७८ असार २३ गते १३:०३

२३ असार, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक पञ्चेश्वर गाउँपालिका–५ का ३१ वर्षीय राजबहादुर चन्द रहेका छन् । चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

जिल्लाको ग्रामीण सडकखण्ड मेलौलीबाट तितावै जाँदै गरेको से २ त २५८१ ट्याक्टर गएराति पेले भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी २२ वर्षीय डम्बर चन्द घाइते भएका छन् ।

ट्याक्टरका चालक डडेल्धुराका परशुराम नगरपालिका–५ जोगबुडाका ४७ वर्षीय मानबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?