Comments Add Comment

स्पेनलाई हराएछि इटलीका बोनुची भन्छन् : मैले खेलेको अहिलेसम्मकै कठिन खेल

२३ असार, काठमाडौं । इटालियन डिफेण्डर लिओनार्दो बोनुचीले युरोकप २०२० अन्तर्गत गएराति भएको स्पनविरुद्धको खेललाई अहिलेसम्म खेलेको खेलमध्ये कठिन खेल मानेका छन् ।

युरोकपको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै वेम्वलीमा हुने फाइनलमा स्थान बनाइसकेको छ । अब फाइनलमा इंग्ल्याण्ड वा डेनमार्कमध्ये एक टिमसँग इटलीले उपाधिका लागि खेल्नेछ ।

बोनुचीले आफ्नो टिम जेका लागि थियो त्यही देखाएर उपाधि नजिक पुगेको बताए । ‘यो मैले अहिलेसम्म खेलेको मध्ये कठिन खेल हो । स्पेनको प्रदर्शनका लागि म धन्यावाद भन्छु । तर तर एक पटक यो इटलीले कठिन क्षणलाई पनि पार गरेर देखाएको छ ।’ बोनुचीले आरएआई स्पोर्टलाई भने ।

बोनुचीले कठिन जित सधैँ रमाइलो हुने बताए ।’अब एक सन्टिमिटर मात्र बाँकी छ । केवल एक सेन्टिमिटर’ उनले थपे ‘हामीले जे गरिरहेको छौँ, यो अविश्वसनीय छ, तर हामी सन्तुष्ट छैनौँ । हामी फाइनलमा छौँ । पाँच दिन बाँकी छ । धेरै वर्षपछि यो ट्रफी घर ल्याउन हामीलाई त्यस्तै भोक र बलिदानको आवश्यकता छ ।’

सन् १९६८ मा उपाधि जितेको इटली सन् २००० र सन् २०१२ को फाइनलमा पराजित भएको थियो । ५३ वर्षपछि युरो उपाधि जित्ने लक्ष्यमा रहेको इटलीले आगामी शनिबार वेम्वलीमा हुने उपाधि भिडन्तमा इंग्ल्याण्ड वा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment