Comments Add Comment

संविधानको व्याख्यात्मक टिप्पणी खर्लप्प खाएर मुखमा पानी हालेर बसेको छ : बिडारी

फाइल तस्वीर

२३ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले दोस्रो संविधानसभाको व्याख्यात्मक टिप्पणी योजनाबद्ध रुपमा गायब पारिएको दाबी गरेका छन् ।

बुधबार राष्ट्रियसभाको बैठकमा विशेष समय दिएर बोल्दै विडारीले संविधानमा धारा ७६(५) राख्नुपर्छ भनेर संविधानसभा सदस्यहरुले बोलेको कुरा नै गायब गरिएको बताएका हुन् । ‘व्याख्यात्मक टिप्पणी पहिलो संविधानसभामा थियो । अहिले दोस्रो संविधानसभाको व्याख्यात्मक टिप्पणी खर्लप्प खाएछ,’ उनले अघि भने, ‘अनि सत्तासँग ठ्याप्प टाँसिएछ । मुखमा पानी हालेर बसेको छ, बोल्दैन ।’

संविधानका व्यवस्था के उद्देश्यले राखिएका हुन् भन्ने विषय व्याख्यात्मक टिप्पणीमा राखिन्छ । तर नेपालको संविधानको व्याख्यात्मक टिप्पणी भने सार्वजनिक गरिएको छैन ।

भारतले संविधान नै बनाउन नदिने प्रयास गरेको भन्दै सांसद विडारीले संविधान बनेपछि त्यसलाई भत्काउने योजना त्यही बेला बनेको रहेछ भन्ने अहिले खुलेको बताए । उनले अघि भने, ‘नाकाबन्दीका मतियार, योजनाकार र सामन्त गोयल (भारतीय गुप्तचर एजेन्सी ‘रअ’का प्रमुख)लाई ट्याली गरेर हेरौं त ।’

वरिष्ठ अधिवक्ता समेत रहेका विडारीले संविधानको ७६(५) को प्रयोग विशेष व्यवस्था भएको बताए ।

तर कतिपयले बुझ्दै नबुझेर ७६(५)मा सांसदहरुले स्वतन्त्र भूमिका भए निर्दलीयता हुने तर्क गरेको उनले बताए । कार्यव्यवस्थामा एकमत निर्णय हुने गरेको, संसदमा सरकारले ल्याएको प्रस्तावको सत्तारुढ पार्टीकै सांसदले विरोधमा भोट हाल्ने, विपक्षी र सत्ता पक्ष मिलेर संकल्प वा सार्वजनिक महत्वको प्रस्ताव ल्याउने गरेको स्मरण गर्दै उनले भने, धारा ७६(५) पनि त्यस्तै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment