Comments Add Comment

दिलीप कुमारको प्रेम-प्रकरणः मधुबालादेखि कामिनीसम्म

फिल्म उद्योगमा प्रेम प्रकरण र सेक्स स्क्यान्डलको कुनै कमी हुँदैन । तर, भारत स्वतन्त्र हुनुअघिको दुई तीन दशकमा परिस्थिती एकदमै फरक थियो । त्यसलाई स्वर्ण युग भनिन्थ्यो । मध्यमवर्गिय नैतिकताको पालना अनिवार्य थियो । दिलिप कुमार सोही युगका नम्बर वान हिरो थिए ।

उनको व्यक्तित्व सालिन थियो । उनी स्वभावले भने रोमान्टिक थिए । र, प्रेमलापमा माहिर । यसको उदाहरण त उनले अभिनय गरेको फिल्मको प्रणय दृश्यमा देखिन्छ । मीना कुमारी र नरगिससँग उनको मित्रवत् सम्बन्ध थियो । वैजयन्तीमाला र वहीदा रहमानसँग पनि फिल्ममा उनले उस्तै भूमिका निभाए । तर, ति दुबै अभिनेत्रीसँग दिलीप कुमारको वास्तवमै प्रेम थियो, कामिनी र मधुबालासँग ।

कामिनीसँगको पिरती

सन् १९४८ र ५० को बीच दिलीप  र कामिनीले चार वटा फिल्ममा एकसाथ काम गरे । यसमा शाहीदका साथै अन्य तीन फिल्म नदिया के पार, बनम र आरजू थियो । दर्शकले यी फिल्मको प्रणय दृश्य देखेर नै दुबैबीच प्रेम सम्बन्ध रहेको अनुमान गरेका थिए ।

तब कामिनी कौशल र दिलीप कुमार दुबैले फिल्मी करियरमा जग बसाइसकेका थिए । कामिनी कौशल व्यस्त थिइन् । उनको वास्तविक नाम उमा कश्यप थियो । उनी भारत लाहौरका रायबहादुर डा. शिवराम काश्यपकी पुत्री थिइन् । उनले नै आफ्नी छोरीलाई फिल्म क्षेत्रमा लाग्नका लागि सहयोग गरेका थिए । यद्यपि प्रेम गर्ने अनुमति कसरी दिन सक्थे ?

त्यसैले दिलीपकुमार र कामिनीले एकअर्कासँग गुपचुप प्रेम गरे । दुबै बर्षौसम्म एकसाथ पनि देखिएनन् ।

मधुबालासँग माया

मधुबाला र दिलिप कुमारको प्रेम सम्बन्धबारे त जगजाहेर नै छ । मधुबाला दिलीप कुमारले एकसाथ केवल चार वटा फिल्म खेले । त्यसमा मुगल ए आजम उनको अन्तिम फिल्म थियो, जसलाई मान्छेले यी दुबैको प्रेम कथाको रुपमा हेर्न रुचाए । मधुबाला पनि दिलीप कुमार जस्तै भावुक हृदयकी थिइन् । उनको मुल नाम मुमताज जहाँ देहलवी थियो । उनी आफ्नो आमाबुवाको एघार सन्तानमध्ये एक थिए । उनी परिवारकै गुजारा चलाउनका लागि मुम्बई आएर फिल्म क्षेत्रमा लागेकी थिइन् ।

सन् १९४१ ब्ााट उनले फिल्मी करियर सुरु गरिन्, जतिबेला उनको उमेर केवल ८ बर्षको थियो । उनी स्वतन्त्र भारतको नवोदित अभिनेत्रीको रुपमा उदाइन् ।

मधुबाला सन् १९५१ द्येखि ६० को बीच कुल चार फिल्ममा दिलीप कुमारको हिरोइन बनिन् । तरना, संगदिल, अमर र मुगल ए आजम । उनीहरु ९ बर्षसम्म रिलेशनसिपमा रहे । यस्तो लाग्थ्यो कि, उनीहरु दुबै एकअर्काका लागि बनेका हुन् । तर, बलिउडका यी आदर्श जोडीको सम्बन्ध टुट्यो ।

खासमा मधुबाला र दिलीप कुमारको भेट फिल्म तरानाको सेटमा भएको थियो । त्यसपछि उनीहरुले एकअर्कालाई प्रेम गर्न थालेका थिए । तर, पछि फिल्म सेटमै उनीहरुको सम्बन्धले बिट मार्‍यो ।

यसरी टुट्यो सम्बन्ध

‘नया दौर’को निर्माण भइरहेको बेला दिलीप र मधुबालाको प्रेम उत्कर्षमा थियो । मधुबालाका पिताले दुबैबीच चलिरहेको प्रेम चक्कर रुचाएका थिएनन् । ‘नया दौर’का लागि छायांकन गर्न भोपाल नजिकको स्थानमा जानुपर्ने भयो । तर, मधुबालाका पिताले फिल्मको छायांन मुम्बईमा गर्नुपर्ने अडान लिए । उनी आफ्नी छोरीलाई त्यतीका टाढासम्म लगेर जान अनुमति दिदैनथे । तब यसका चोपडाले फिल्मबाट मधुबालालाई हटाए र वैजयन्तीमालालाई साइन गराए । अन्नतः यो झगडा अदालतमा पुग्यो । यही झगडाको कारण मधुबाला र दिलीप कुमारको प्रेम सम्बन्धको पनि अन्त्य भयो ।

यस सम्बन्धमा मधुबालाकी बहिनीले भने फरक कुरा बताएकी छिन् । उनका अनुसार, जुन ठाउँमा ‘नया दौर’को छायांकन भइरहेको थियो, त्यहाँ केही गुण्डाले महिलाहरुमाथि हमला गरे । यहाँसम्म कि उनीहरुको कपडा पनि मिल्काइदिए । त्यसपछि मधुबालका पिता दुःखी भए र उनले छायांकनको लोकेशन बदल्ने कुरा गरे । यसमा वाद विवाद भयो । र, त्यो विवाद बढ्दै अदालतसम्म पुग्यो । अतः दिलीप कुमारले मधुबालाको पितालाई तानाशाह भने । किनभने त्यसबेलासम्म दिलीपले फिल्म निर्देशकलाई साथ दिएका थिए । यही कारण मधुबाला र दिलीप कुमारको सम्बन्ध टुट्यो ।

दुबैको जिद्दी

मधुबाला चाहन्थिन् कि दिलीप कुमारले उनका पितासँग माफ माग्नेछन् । तर, यस्तो कहिल्यै भएन । मधुबालाकी बहिनी मधूरले एकपटक भनेकी थिइन्, दिलिप कुमार र मधुबालाबीच इंगेजमेन्ट समेत भइसकेको थियो । दुबै फोनमा कुरा गर्थे । दिलिप कुमार भन्थे, तिमीले आफ्नो पितालाई छाड अनि विवाह गरौला । यता मधुबाला भन्थिन्, तिमीले मेरो घरमा आएर पितासँग माफ माग । अनि विवाह गरौला । दुबैको जिद्दीले उनीहरुको प्रेम सम्बन्धलाई फेरी जोड्न दिएन ।

दिलीप कुमारसँग सम्बन्ध टुटेपछि मधुबालाले किशोर कुमारसँग विवाह गरिन् । यता दिलीप कुमारले सायरासँग विवाह गरे ।

ट्रेजेडी किंग

फिल्मी पर्दामा उनले ‘ट्रेजेडी किंग’को छवी बनाए । अर्थात सिनेमामा उनको दुखान्त कथा बढी हुन्थ्यो । वास्तविक जीवन पनि यसभन्दा भिन्न रहेन । खासगरी उनको प्रेम सम्बन्ध दिगो रहन सकेन । पटक पटक प्रेम सम्बन्धमा रहे । उसैगरी उनको प्रेम सम्बन्ध असफल भइरह्यो ।

अज्ञात मराठी युवतीदेखि मधुबालासम्म दिलीप कुमारले तीन जनासँग प्रेम गरे । र, तीन जनासँग नै उनको प्रेम असफल रह्यो, उनको फिल्मको कथामा जस्तै । उनी सधै एक असफल प्रेमी रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment