Comments Add Comment

स्नेहा श्रेष्ठद्वारा जे एन्ड जे क्लिनिकमा खानाका लागि सहयोग

अमेरिका निवासी स्नेहा श्रेष्ठका तर्फबाट जे एन्ड जे कोभिड-१९ क्लिनिक लागि चारसय जनालाई पुग्ने खानाको लागि सहयोग हस्तान्तरण गरिएको छ । रविभवनस्थित जे ए‌‌ण्ड जे क्लिनिक डा. रोसन झाद्वारा सन्चालित असाहय विपन्न बगका लागि खोलिएको संस्था हो ।

सहयोग हस्तान्तरणको संयोजन रोटरी क्लव बानेश्वरले गरेको थियो । सो हस्तान्तरण समारोहमा रोटरी क्लब बानेश्वर २०२०/२१ का अध्यक्ष कल्पनादेवी पिया श्रेष्ठ, सचिव रुपाली सरावगी र २०२१/२२ का अध्यक्ष महेन्द्रराज भुसालको उपस्थीति थियो ।

जे एन्ड जे कोभिड-१९ क्लिनिकमा विभिन्न विपन्न बिरामीहरुले सेवा लिँदै आइरहेका छन्। स्नेहा अमेरिकामा बसोबास गर्दै आइरहेकी छिन् र उनी हवार्ड युनिभर्सिटीबाट ग्रिफिटी आर्टमा स्नातकोत्तर गरेकी छन् । उनी अहिले अमेरिकाको विभिन्न ठाँउहरुमा नेपाली पेन्टलाई प्रवर्द्धन गर्दै आइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment