Comments Add Comment

यात्रु ठगी गरेको आरोपमा १० जना पक्राउ

असार २३, काठमाडौं । प्रहरीले यात्रु ठगी गरेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरीको बिशेष अपरेसन टोलीले नयाँ बसपार्क र कंलकीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा माछापोखरी र नयाँ बसपार्कबाट स्याङजाका ३३ बर्षीय लेख बहादुर गुरूङ, स्याङजाकै १८ वर्षीय सौगात सुनार, कास्की पोखराका २३ वर्षीय सन्तोष सुनार, सिन्धुपाल्चोकका २३ वर्षीय विज्ञान माझी र धादिङका २९ वर्षीय निराजन सापकोटा पक्राउ रहेका छन् ।

त्यस्तै कंलकीबाट धादिङका ३३ वर्षीय पूर्ण बहादुर गन्द्रमा मगर, प्यूठानका २६ वर्षीय पदम गिरी, धनुषाका २६ वर्षीय रबि आले मगर, सल्यानका २६ वर्षीय खुमराज बि.क. र नवलपारासीका ३२ वर्षीय दीपक काफ्लेलाई पक्राउ परेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उनीहरुमाथि अत्यावश्यक परी उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग चर्को भाडा / शुल्क असुल्‍ने गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका ती व्यक्ति र सवारी साधनहरू ग १ ख ५३१० हायस, ग १ ज ३८४३ ट्याक्सी, बा ५ ख १४५१ हायस, बा १४ च ७५६२ स्कार्पियो, ग ३ च ४९४ स्कार्पियो, बा १९ च ३९६२ स्कार्पियो र बा १३ च ५००६ स्कार्पियोलाई आवश्यक कारबाहीको लागी प्रहरी बृत्त, नयाँ बसपार्क र कंलकी बुझाएको महाशाखाले जनाएको छ ।

यसका साथै तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको प्रहरी वा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment