Comments Add Comment

तनहुँमा पहिरोमा पुरिएर एक जना बेपत्ता

२४ असार, दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ-८ माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार बिहीबार बिहान ५ : ३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट खसेको पहिरोले पुरेको हो । “श्रृङ्गपथ तलबाट पहिरो खसेको छ”, उनले भने ।

बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment