+
+
Shares

चितवनको माडीमा बाढी, बस्ती डुबानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २४ गते ९:३८

२४ असार, चितवन । चितवनको माडीमा बुधबार रातिदेखि परेको अविरल वर्षाले बाढी आउँदा नजिकका बस्तीमा डुबान हुन थालेको छ ।

बाढीले रौतने खोला छेउको ड्याम कटान गरी माडी-३ मलाहीटोल डुबानमा पारेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । त्यहाँका घरहरूमा पानी पस्न थालेको छ ।

माडीकै डांग्रेखोलामा आएको बाढीले माडीको बरुवा बजारस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ । माडी नगरपालिका-७ को परुई खोलामा बाढी आउँदा चेपाङ बस्ती डुबानमा परेको छ । मगइ खोलाले बिजुलीका पोलहरू बगाउँदा विद्युत सेवा अबरुद्ध बनेको प्रहरीले जनाएको छ ।

रिउ नदीमा पानीको सतह बढ्दै जाँदा गर्दी र सेरुवा गाउँ उच्च जोखिममा परेको छन् । खोलामा पानीको सतह बढेर कटान गर्दा जिल्ला सदरमुकाम भरतपुरसँग यातायात सम्पर्कसमेत टुटेको छ । अहिले पनि पानी परिरहेको स्थानीय श्रीप्रसाद दवाडीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?