
२४ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल हेरफेर गरिएको छ ।
मन्त्रिपरिषदका ४३ सदस्यहरुले बुधबार साँझ ६ बजे पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्, जसमा १५ मन्त्री र २८ जना राज्यमन्त्री छन् ।
यससँगै मोदी नेतृत्वको मन्त्रिपरिषद ७७ सदस्यीय बनेको छ । मन्त्रिपरिषदमा ३६ जना नयाँ अनुहार छन् भने सात जना पुरानै मन्त्रीहरुको भूमिका थप बढाइएको छ ।
प्रधानमन्त्री मोदीले विज्ञान तथा प्रविधि मन्त्रालय आफैंसँग राखेका छन् । पहिलो पटक अस्तित्वमा आएको सहकारिता मन्त्रालय गृहमन्त्री अमित शाहलाई थपिएको छ ।
कांग्रेस छाडेर भाजपामा प्रवेश गरेका ज्योतिरादित्य सिन्धियाले आकर्षक मानिने नागरिक उड्डयन मन्त्रालय पाएका छन् ।
मन्त्रिपरिषदमा सबैभन्दा कम उमेरका निशिथ प्रामाणिक छन् । पश्चिम बंगालबाट संसदमा प्रतिनिधित्व गर्ने ३५ वर्षीय निशिथलाई खेल तथा युवा राज्यमन्त्री बनाइएको छ । यसैगरी सबैभन्दा ज्येष्ठ मन्त्रीको रुपमा ७२ वर्षीय सोम प्रकाश छन् । उनी वाणिज्य तथा उद्योग राज्यमन्त्री छन् । मन्त्रिपरिषदमा ५० वर्ष मुनिका ११ जना छन् ।
मोदीको क्याबिनेटमा दलितको संख्या १२ छ जो अलग–अलग आठ–आठ राज्यबाट प्रतिनिधित्व गर्दछन् । यसैगरी महिलाहरुको संख्या ११ छन् र जनजातीको संख्या ८ छ ।
नयाँ मन्त्रीको शपथ ग्रहणभन्दा केही घण्टा अगाडि मात्रै स्वास्थ्य, शिक्षा, पर्यावरण, सूचना लगायतका १२ मन्त्रीहरुलाई पदबाट हटाइएको थियो ।
यस्तो छ मोदी क्याबिनेट
- राजनाथ सिंह– रक्षा
- अमित शाह– गृह तथा सहकारिता
- नितिन गडकरी– परिवहन तथा राजमार्ग
- निर्मला सीतारमण– वित्त तथा कार्पोरेट
- नरेंद्र सिंह तोमर– कृषि
- एस जयशंकर– विदेश मन्त्री
- अर्जुन मुण्डा– आदिवासी
- स्मृति ईरानी– महिला एवं बाल कल्याण
- पीयूष गोयल– वाणिज्य, उद्योग, उपभोक्ता तथा कपड़ा
- धर्मेन्द्र प्रधान– शिक्षा, उद्यम तथा कौशल विकास
- प्रह्लाद जोशी– संसदीय मामिला
- नारायण राणे– लघु, मध्यम तथा सूक्ष्म उद्योग
- सर्बानंद सोनोवाल– पोर्ट, शिपिंग, जलमार्ग
- मुख्तार अब्बास नकÞवी– अल्पसंख्यक
- वीरेन्द्र कुमार– सामाजिक न्याय
- गिरिराज सिंह– ग्रामीण विकास तथा पञ्चायती
- ज्योतिरादित्य सिंधिया– नागरिक उड्डयन
- आरसीपी सिंह– इस्पात
- अश्विनी वैष्णव– रेलवे, सञ्चार तथा सूचना
- पशुपति कुमार पारस– खाद्य
- गजेन्द्र सिंह शेखावत– जलशक्ति
- किरेन रिजिजू– न्याय तथा कानून
- आरके सिंह– ऊर्जा
- हरदीप सिंह पुरी– पेट्रोलियम, ग्यास, आवास एवं शहरी विकास
- मनसुख माण्डविया– स्वास्थ्य तथा परिवार कल्याण
- भूपेन्द्र यादव– पर्यावरण एवं वन, जलवायु परिवर्तन, श्रम एवं रोजÞगार
- महेन्द्र नाथ पाण्डे– भारी उद्योग
- पुरुषोत्तम रुपाला– पशुपालन, मत्स्य पालन तथा दुग्ध उत्पादन
- जी. किशन रेड्डी– पर्यटन एवं संस्कृति
- अनुराग ठाकुर– खेल तथा युवा
प्रतिक्रिया 4