Comments Add Comment

इराकस्थित अमेरिकी दूतावासमा रकेट आक्रमण

AFP

२४ असार, काठमाडौं । इराकको राजधानी सहर बगदादस्थित अमेरिकी दूतावासमा रकेट आक्रमण भएको छ । इराकी सेनाले दिएको जानकारीअनुसार बिहीबार अमेरिकी दूतावासमा तीन रकेट आक्रमण भएको हो । अमेरिकी समाचार एजेन्सी रोयटर्सका अनुसार इराक र सिरियामा अमेरिकी कूटनीतिक अधिकारी तथा सैनिकलाई लक्षित गर्दै उक्त रकेट आक्रमण गरिएको हो ।

अरब न्युजका अनुसार इराकी सेनाले अमेरिकी दूतावासलाई मात्र नभई बगदादको ग्रिन जोन आसपासको क्षेत्रमा पनि आक्रमण गरिएको थियो । यद्यपि आक्रमणबाट दूतावासमा कुनै क्षति नपुगेको समाचारमा बताइएको छ ।

अमेरिकाले भने इरानमा भएको यो आक्रमणको लागि इरानको हात रहेको बताएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानमा करिब २५ सय अमेरिकी सेना छन् । अमेरिकी सेनामाथि पछिल्लो एक वर्षमा कम्तीमा ५० पटक आक्रमण भइसकेको छ । यद्यपि पछिल्लो केही दिनमा यस किसिमको आक्रमण बढेको छ ।

यसअघि बुधबार इराकको पश्चिमी प्रान्त अनबारमा अमेरिकी सेना आउने विमानस्थलमा १४ रकेट आक्रमण गरिएको थियो । यो आक्रमणमा दुई कर्मचारीहरु घाइते भएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment