Comments Add Comment

यस्तो शहर, जहाँ शपिङदेखि रेष्टुरेन्टसम्म नाङ्गै जान्छन् मानिसहरु

संसारमा विभिन्न देश तथा शहरहरुका आ-आफ्नै संस्कृति तथा विशेषता छन् । कतिपय ठाउँका चलनहरु त यस्ता हुन्छन् जो अरुभन्दा नितान्त फरक मात्र होइन निकै अनौठा र अपाच्य पनि लाग्दछन् ।

संसारमा एउटा यस्तै शहर छ जहाँ मानिसहरु निर्वस्त्र घुम्न सक्दछन् । त्यहाँका मानिसहरु शपिङ मलदेखि रेष्टुरेन्ट र जिमखानासम्मै कपडा नलगाइकन जान्छन् । त्यहाँका बासिन्दा मात्र होइन त्यहाँ आउने पर्यटकहरु पनि निर्वस्त्र जीवनको मज्जा उठाउँछन् ।

अनौठो लाइफस्टाइलका कारण सदैव चर्चा तथा विवादमा आइरहने शहरको नाम हो केप डी एज । फ्रान्सको यो शहर नग्न शहर अर्थात् न्युड सिटीको नामले पनि चिनिन्छ ।

यो संसारको एकमात्र यस्तो शहर हो जहाँ मानिसहरु नग्न पर्यटनका लागि आउँछन् । त्यहाँ आउने पर्यटकहरुले पनि नग्नताको हकमा कुनै पनि पावन्दीको सामना गर्नु पर्दैन ।

हरेक वर्ष गर्मीयाममा उक्त शहर विदेशीहरुले भरिभराउ हुन्छ । गर्मीमा समुद्री तटको मज्जा उठाउनका लागि त्यहाँ ५० हजार विदेशी पर्यटक पुग्छन् ।

केप डी एज सबैभन्दा प्रसिद्ध हनिमुन गन्तव्य पनि मानिन्छ । नवविवाहित जोडीहरु निर्वस्त्र भएर युगल जीवनको आनन्द उठाउनका लागि यो भन्दा उपयुक्त ठाउँ कहाँ होला ? शहर छेउँमा रहेको सुन्दर सामुदि्रक तट नांगा जोडीहरुले खचाखच हुन्छ ।

यो शहरमा एक्लै वा पाट्नरसँगै नाङ्गै हिँड्न पाउने स्वतन्त्रता भएता पनि सार्वजनिक स्थानमा अन्तरङ्ग क्रियाकलाप गर्न भने पाइँदैन । खुल्ला स्थानमा रोमान्स गर्नेमाथि १५ हजार युरो जरिमाना गर्ने नियम रहेको छ । साथै उक्त शहरमा फोटो खिच्न पनि प्रतिबन्धित छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment