 
																			२४ असार, तनहुँ । तनहुँकाे ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । वडा नम्बर ७ दधिवनमा पहिरोमा पुरिएर ५२ बर्षीया देवीसरा थापाकाे मृत्यु भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
बिहीबार बिहानको पहिरोले उनको घर पुरिएको थियाे । दधिवनको ४ घर पनि पहिरोले पुरेको अध्यक्ष श्रेष्ठले बताए ।
ऋषिङ–८ माझकोटका पनि पहिरोमा पुरेर ४० बर्षीय खुमबहादुर थापा बेपत्ता छन् । विहान साढे ५ बजे गोठमा जाने क्रममा पहिरोमा परी बेपत्ता उनको खोजी कार्य जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4