+
+
Shares

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २४ गते १५:१८

२४ असार, चितवन । चितवनको नारायणगढमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा ना ५९ प ३५०४ नम्बरको स्कुटर पछाडि सवार भरतपुर-१५ बस्ने ३० वर्षीया बिणु दवाडी रहेको प्रहरीले जनाएको छ । गैंडाकोटबाट चौबिसकोठीतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकले भरतपुर महानगरपालिका- ३ पुल्चोकमा सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते स्कुटर चालक २२ वर्षीया जस्मिन न्यौपानेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?