Comments Add Comment

क्रियाशील सदस्यको विवादले महाधिवेशन समयमै हुनेमा आशंका : शशांक कोइराला

२४ असार, काठमाडौं । नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताएका छन् । बिहीबार पत्रकारसँगको कुराकानीमा महामन्त्री कोइरालाले विभिन्न जिल्लाबाट उजुरी आएको भन्दै असारभित्र क्रियाशील सदस्य टुंगो नलागे महाधिवेशनप्रति आशंका पैदा हुने बताए ।

‘क्रियाशील सदस्य यो महिनाभित्र टुंग्याउन सकिएन भने त आशंका भइहाल्यो नि । ४६ जिल्ला भइसक्यो त्यसमा पनि उजुरीहरु आएको छ त्यसलाई पनि हेर्नुपर्‍यो,’ उनले भने, ‘तसर्थ अहिलेको अवस्थामा टाइममै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्नचिन्ह चाहिं छ ।’

उनले क्रियाशील सदस्यको विवाद टुंगो लगाउन भरमग्दुर प्रयास गरिरहेको पनि बताए । क्रियाशील सदस्य टुंगो नलगाइकन महाधिवेशनमा जान नसकिने कोइरालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment