+
+
Shares

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा नयाँ सडक खन्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २४ गते १८:५४

२४ असार, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्र नयाँ सडकको ट्रयाक खोल्न नपाइने भएको छ । आगामी आर्थिक वर्षबाट नयाँ सडक खन्न रोक लगाउने गरी गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ ।

‘जथाभावी सडक खोल्दा धेरै विपत्ति निम्त्यायो, पहिरो जाने, घरहरु जोखिममा पर्ने, भइरहेका सडकमा क्षति पुग्ने जस्ता समस्या देखियो,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने, ‘त्यसैले नयाँ सडक खोल्न नदिने भनेका हौ ।’

नयाँ सडक बनाउनुको सट्टा हाल भएका सडकलाई स्तरोन्नति गर्दै लैजाने उनले बताए । नयाँ सडक खोल्नै परेमा गाउँ कार्यपालिकाको बैठक बसेर आवश्यकताको आधारमा निर्णय गरिने उनले जानकारी दिए ।

सबै टोलमा सडक पुगिसकेकाले अहिलेलाई नयाँ सडक आवश्यक पनि नदेखिएको भट्टको भनाइ छ । ‘नयाँ सडकमा रकम खर्च गर्नुभन्दा हाल भइरहेका सडकमा बाह्रै महिना सवारी सञ्चालन गर्न मिल्ने गरी नाला बनाउने, ग्राभेल तथा ढलान गरेर स्तरोन्नति गर्ने योजना बनाएका छौं,’ उनले भने ।

गाउँपालिकाभित्रका सबै वडाको केन्द्रलाई जोड्ने सडकलाई विशेष प्राथमिकतामा राखेर स्तरोन्नति गरिने भट्टले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?