+
+

गौरमा एक पुरुषको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते १३:२२

२५ असार, रौतहट । रौतटहको गौर नगरपालिका–५ को वडा कार्यालय नजिकै एक व्यक्तिको शव फेला परेको छ ।

वडा कार्यालयको अगाडिको नालामा स्थानीय ५५ वर्षीय मुसलिया धुनियाको शव फेला परेको हो । नालामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ढलको पानीमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?