+
+

एमाले नेता प्रसाईंको कार दुर्घटनामा निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते १४:१७

२५ असार, झापा । नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको कार दुर्घटनामा निधन भएको छ ।

बा १६ च ८१८२ नम्बरको कार शुक्रबार दिउँसो चारआली–चन्द्रगढी सडकखण्ड अन्तर्गतको देवकोटा चोकमा दुर्घटना हुँदा प्रसाईंको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका प्रसाईंको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा निधन भएको हो । कार प्रसाईं आफैंले चलाएका थिए । देवकोटाको शालिकमा ठोक्किएर कारको अघिल्लो भाग क्षतिग्रस्त भएको देखिन्छ ।

मृतक प्रसाईं विर्तामोड नगरपालिकाकी उपप्रमुख पबित्रा महताराका श्रीमान् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?