+

एएफसी यू २३ च्याम्पियनसीप छनोट : नेपाल ‘समूह बी’ मा

२०७८ असार  २५ गते १४:२३ २०७८ असार २५ गते १४:२३
एएफसी यू २३ च्याम्पियनसीप छनोट : नेपाल ‘समूह बी’ मा

२५ असार, काठमाडौं । एएफसी यू२३ च्याम्पियनसीप छनोटमा नेपाल ‘समूह बी’मा परेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल वेष्ट जोनको ‘समूह बी’ मा परेको हो ।

यस समूहमा नेपालसँगै इरान, ताजिकिस्तान र लेबनान छन् । यस समूहको खेल ताजिकिस्तानमा हुनेछ ।

वेष्ट जोनका २३ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ । ५ समूहमा ४/४ टिम र एक समूहमा ३ टिम छन् ।

यस्तै इस्ट जोनका १९ टिमलाई ५ समूहमा विभाजन गरिएको छ ।

छनोट चरणका खेलहरु आगामी अक्टोबर २३ देखि ३१ सम्म आयोजना हुनेछन्।

एएफसी यू २३ च्याम्पियनसीप २०२२ जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा आयोजना हुनेछ । नेपाल अहिलेसम्म अन्तिम चरणका लागि छनोट हुन सकेको छैन ।

छनोट चरणमा रहेका ११ समूहको विजेता र दोस्रो हुनेमध्ये उत्कृष्ट ४ टिम अन्तिम चरणमा छनोट हुनेछन् ।

एएफसी यू २३ नेपाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय